+
+
Shares

विश्वशान्ति चिरण–मिलन क्याम्पसले पत्रकारिता पढ्न तामाङ विद्यार्थीलाई छात्रवृत्ति दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १७:३४

६ चैत, काठमाडौं । बाँसबारीस्थित विश्वशान्ति चिरण–मिलन क्याम्पसले तामाङ समुदायका विद्यार्थीलाई पत्रकारिता विषय पढ्न छात्रवृत्ति दिने भएको छ ।बुधबार तामाङ पत्रकार संघ काठमाडौं र क्याम्पसबीच यसबारे सम्झौता भएको हो ।

सम्झौताअनुसार स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्ने तामाङ समुदायका विद्यार्थीले छात्रवृत्ति पाउने तामाङ पत्रकार संघ काठमाडौंका अध्यक्ष हिरोज लोप्चनले जानकारी दिए ।

लोप्चनका अनुसार छात्रवृत्तिबापत विद्यार्थीको शुल्कमा क्याम्पसले ७५ प्रतिशत छुट गर्ने सम्झौता भएको छ । कलेजमा भर्ना भई पत्रकारिता विषय अध्ययन् गर्ने सबै तामाङ विद्यार्थीले छात्रवृत्ति पाउने लोप्चनले बताए ।

त्यसका लागि तामाङ पत्रकार संघ जिल्ला शाखा काठमाडौंले सिफारिस गर्नुपर्नेछ । सम्झौता आगामी शैक्षिक शत्रबाट लागू हुने क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?