+
+
Shares

हेटौंडालाई महिलामैत्री सहर बनाउन अध्ययन सुरु

हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले युरोपका विभिन्न मुलुकको अध्ययन अवलोकन भ्रमणको समयमा प्रस्ताव गरिएअनुसार महिलामैत्री सहर निर्माणका लागि परियोजना आएको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १७:४४

७ चैत, हेटौंडा । बागमती प्रदेशको मुकाम हेटौंडा उपमहानगरपालिकालाई महिलामैत्री सहरको रूपमा विकास गर्न भन्दै नगर प्रमुख मिनाकुमारी लामाले अध्ययन थालेकी छन् ।

दुई वर्ष अघिबाट सहरी विकास मन्त्रालयसँगको समन्वयमा नेपालका विभिन्न नगरपालिकालाई महिलामैत्री सहरको रूपमा विकास गर्ने काम चलिरहे पनि अहिले हेटौंडा यस कार्यक्रममा समावेश भएपछि अध्ययन थालिएको मेयर लामाले बताइन् ।

कार्यक्रम कार्यान्वयनका लागि हेटौंडामा परियोजनाका कार्यक्रम व्यवस्थापन विज्ञ चुडामणि जोशी र परियोजनाका सहयोजनाकार वर्षा श्रेष्ठको टोलीले महिलामैत्री पूर्वाधार निमार्णका लागि सम्भाव्य अध्ययन गरिरहेका छन् ।

हेटौंडाकी प्रमुख लामा, इन्जिनियर बिनित ओझासहित परियोजनाको टोलीले हेटौंडा–११ राप्तिपार्क निर्माण स्थल, हेटौंडा–१० को राप्ति तट क्षेत्र, हेटौंडा–८ नगर विकासमा रहेको खुल्ला क्षेत्रको अवलोकन गरेको छ ।

परियोजना अन्तर्गत पहिलो चरणमा खुला सार्वजनिक क्षेत्रको पहिचान, प्राथमिकीकरण, वडाहरूको रेखाङ्कनको काम हुने जनाइएको छ । परियोजनाले देशका २ सय ९३ वटै स्थानीय तहको भ्रमण र अध्ययनपछि कामलाई अघि बढाएको उल्लेख गरेको परियोजनाका विज्ञ जोशीले जानकारी दिए ।

हेटौंडा र धनगढीमा यस परियोजना ४ वर्षसम्म सञ्चालने हुने जोशीले बताए । परियोजनाअनुसार महिलाहरुले सार्वजनिक ठाउँमा महिला र शारिरिक अशक्त भएकाहरुको सहज पहुँचको अवधारणालाई अघि सार्नेछ ।

नयाँ थप भएका दुई उपमहानगरमा युरोपियन युनियन र फिनल्याण्ड सरकारको सहयोग रहने छ । परियोजना कार्यान्वयनका लागि एक पालिकामा करिब साढे पाँच करोड रुपैयाँ खर्च हुने परियोजनाले जनाएको छ ।

हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले युरोपका विभिन्न मुलुकको अध्ययन अवलोकन भ्रमणको समयमा प्रस्ताव गरिएअनुसार महिलामैत्री सहर निर्माणका लागि परियोजना आएको बताइन् ।

‘परियोजनाले महिलाको आत्मसम्मानको विकास, जिम्मेवार, भावनात्मक रुपमा थप बलियो बनाउन मद्दत पुर्‍याउनेछ,’ लामाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?