+
+
Shares

चुनावको माग राखेर नेपाल ल क्याम्पसमा नेविसंघको रिले अनशन

चुनावी प्रक्रिया अघि नबढाएसम्म रिले अनशन जारी रहने नेविसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १८:०५

६ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाल ल क्याम्पस स्ववियु निर्वाचनको प्रक्रिया अघि बढाउन मागर राखेर रिले अनशन सुरु गरेको छ ।

विभिन्न चार बुँदे माग राखेर नेविसंघले रिले अनशन सुरु गरेको हो । नेविसंघले स्ववियुको आवधिक निर्वाचन सुनिश्चित गर, स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरे, विद्यार्थीको मताधिकार सुनिश्चित गर र स्ववियु निर्वाचन निर्देशिका कार्यान्वयन गर जस्ता माग अघि सारेका छन् ।

५ चैतमा हुनुपर्ने स्ववियु चुनाव एक आमुक संगठनको आन्तरिक विवादले अवरुद्ध भएको नेविसंघको भनाइ छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले चुनाव गराउनका लागि क्याम्पस प्रशासन र निर्वाचन समितिले कुनै तादरुकता नदेखाएको आरोप लगाएको छ ।

चुनावी प्रक्रिया अघि नबढाएसम्म रिले अनशन जारी रहने नेविसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?