+
नेपाली फुटबल टोली :

कस्ता छन् राष्ट्रिय फुटबल टिमका तीन नयाँ खेलाडी ?

२०८१ चैत  ६ गते २०:१८ २०८१ चैत ६ गते २०:१८
कस्ता छन् राष्ट्रिय फुटबल टिमका तीन नयाँ खेलाडी ?

६ चैत, काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियासँगको खेलका लागि मुख्य प्रशिक्षक म्याट रोसले तीन नयाँ अनुहार समावेश गरेर अन्तिम टोली घोषणा गरेका थिए ।

गोलकिपर एन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । उमेर समूह र घरेलु फुटबलमा राम्रो प्रदर्शन गरेका तीन खेलाडीलाई प्रशिक्षक म्याट रोसले विश्वास गरेर टिममा राखेका छन् । तीनै खेलाडी राष्ट्रिय टिमसँग पहिलो विदेश टुरमा सिंगापुर पुगिसकेका छन् ।

हरेक खेलाडीले राष्ट्रिय टिमबाट खेल्ने सपना हुन्छ । उनीहरुको पनि त्यही सपना पछ्याउँदै यहाँसम्म आइपुगेका छन् । तीनै खेलाडीले पछिल्लो समयमा नेपालमा भएको घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

एन्जल र सुमनले विभागीय टोली एपीएफबाट सिनियर फुटबल नै खेल्दै आइरहेका छन् । दुवैले एपीएफमा पहिलो रोजाइमै खेल्छन् । युवा फरवार्ड सुबास भने अर्को विभागीय टोली नेपाल पुलिस क्लबको जनियर टिमबाट खेल्दै आएका छन् । सुबासले उमेर समूहमा नेपालको कप्तानी समेत गरिसकेका छन् ।

सुबास बम ठकुरी

कालिकोटका सुबास बम ठकुरी हाल राष्ट्रिय टिममा रहेका मध्ये सबैभन्दा कान्छो खेलाडी हुन् । उनी १७औं वर्षमा हिँडिरहेका छन् । कालिकोटमै जन्मेका उनी सानै हुँदा पढ्नका लागि काठमाडौं आएका थिए । त्यतिबेलै उनले दाईहरुले खेलेको देखेर फुटबल खेल्न थाले ।

‘सानैमा पढ्न काठमाडौं आएको हो । दादाहरुले पनि फुटबल खेल्ने भएकोले म पनि उहाँहरुबाट इन्स्पायर भएर खेल्न थालें’ सुबासले पहिलो पटक सिनियर टिमबाट विदेश यात्रामा निस्कनुअघि भने ।

उनले उमेर समूहमा राष्ट्रिय टिम र क्लब फुटबल खेलिसकेका छन् । सानै उमेरमा राष्ट्रिय टिममा पर्ने भाग्यमानी खेलाडीमा पर्छन् सुबास । राष्ट्रिय टिममा पर्दा निकै खुशी पनि छन् । ‘एकदमै खुशी छु । बच्चै देखिको सपना नेसनल टिममा पर्ने । देशका लागि केही कन्ट्रिबुट गर्ने सपना थियो खुशी छु’ सुबासले भने ।

उनले विभागीय टोली नेपाल पुलिस क्लबबाट यू-१६ युथ लिग र यू-१८ युथ लिग खेलेका छन् । उनकै कप्तानीमा पुलिसले यू-१८ युथ लिगको उपाधि जितेको थियो । उनले नेपाल यू-१६ र यू-१७ राष्ट्रिय टिमको कप्तानी समेत गरिसकेका छन् । युवा उमेरमै एक खासको जिम्मेवारी पूरा गरिसकेका उनी अब उनीमाथि अझ ठूलो जिम्मेवारी आएको छ ।

‘एउटा सपना थियो सानै उमेरदेखि। किरण दाई रोहित दाईहरुजस्तै युवा उमेर राष्ट्रिय टिममा परे भविष्यमा सजिलो हुन्छ भन्ने लागिराथ्यो । अहिले टिममा परेँ खुशी छु,’ उनले भने, ‘सुरुमा टिममा कल भएपछि सिनियर टिममा सिधै गएर खेल्दा कस्तो होला जस्तो लाग्थ्यो । तर सबै दाईहरुले सहयोग गर्नुभयो । कोचले पनि फिल्ड भित्र बाहिर सहयोग गर्नुभयो ।’

सुबासले फिलिपिन्समा गएर पनि खेलिसकेका छन् । अब उनको लक्ष्य राष्ट्रिय टिमबा६ डेब्यु गर्नु र कक्षा १२ को परिक्षा दिनु छ । फरवार्ड पोजिसनमा खेल्दा टिममा पर्नु र गोल गर्नुपर्ने चुनौती पनि हुन्छ । त्यो चुनौतीका लागि उनी तयार छन् ।

‘फरवार्डमा पोजिनसमन टफ हुन्छ । अन्जन दाई हुनुहुन्छछ लिडिङ गोल स्कोर । यस्तै भरत खवास दाई, घलान दाई हरु हुनुहुन्छ । मैले फाइट गर्छु’ उनले भने । आफू फरवार्ड भएपनि सुबासले सानै देखि गोलकिपर किरणको बारेमा पढेको र संघर्षका कथाहरु सुनेकोले आफूलाई किरण चेम्जोङ मन पर्ने बताए ।

कप्तान किरणले पनि सुबास धेरै क्षमता भएको खेलाडी भएको प्रतिक्रिया दिएका छन् ।

सुमन श्रेष्ठ

काभ्रे पनौती वडा नम्बर ५ का सुमन श्रेष्ठ सानै देखि फुटबल खेल्थे । उनले यू-१८ ललित स्मृति फुटबल प्रतियोगिता बी डिभिजन ए डिभिजन लिग खेल्दै अहिले सिनियर राष्ट्रिय टिमसम्मको यात्रा तय गरेका छन् । उनी एपीएफमा डिफेण्डरको भूमिमा खेल्ने गर्छन् ।

त्यसअघि उनले ब्रिगेड ब्वाइज क्लबबाट ललित स्मृति यू-१८ प्रतियोगिता खेलेका थिए । बच्चैदेखि उनले राष्ट्रिय टिमबाट खेल्ने सपना देखेको र पहिलो पटक राष्ट्रिय टिममा परेपछि उत्साहित भएको बताए ।

‘एकदम धेरै खुशी लागिराछ । राष्ट्रिय टिमबाट खेल्ने सबैको सपना हुन्छ । मेरो पनि बच्चै देखिको सपना हो । अब राष्ट्रिय टिमको जर्सी लगाउन उत्सहित छु’ सिंगापुर जानुअघि सुमनले भने ।

नयाँ प्रशिक्षक म्याट रोससँग प्रशिक्षण गर्दा धेरै कुरा सिक्न पाएको उनले बताए । यस्तै सिनिर खेलाडीले पनि धेरै सहयोग गरिरहेको उनले बताए । सुमनको मन पर्ने खेलाडी अनन्त तामाङ पनि डिफेन्स पोजिसनमै खेल्ने भएकोले सुमन अझै खुशी छन् ।

‘मेरो आइडल अनन्त तामाङ हुनुहुन्छ । मैले उहाँसँग पार्टनरको रुपमा पनि ट्रेनिङ गरिसकेको छु । राम्रो भइराछ’ सुमनले उत्सहित हुँदै सुनाए ।

अन्जल श्रेष्ठ

सिन्धुपाल्चोक बाह्रबिसेका अन्जल श्रेष्ठ गोलकिपर हुन् । उनी पनि सानै देखि टोलमा फुटबल खेल्थे । उनलाई यहाँ सम्म आइपुग्न दिपेन्द्र श्रेष्ठ र सन्दिप खड्काले धेरै सहयोग गरेको बताए ।

अन्जलले पनि उमेर समूहदेखि बी डिभिजन हुँदै ए डिभिजन क्लबसम्म खेलेका छन् । पहिलो पटक राष्ट्रिय टिममा पर्दा उनी निकै खुशी छन् । ‘पहिलो पटक राष्ट्रिय टिममा पर्दा एकदमै खुसी र उत्साहित छु, देशका लागि खेल्न निकै उत्साहित छु’ उनले भने ।

अन्जलले जिल्ला हुँदै बी डिभिजन ए डिभिजन खेल्दै राष्ट्रिय टिमसम्मको यात्रा तय गर्दा रमाइलो लागेको बताए । उनले खुमलटार युथ क्लबबाट बी डिभिजन खेलेका थिए । हाल भने उनी एपीएफमा पहिलो रोजाइको किपरको भूमिकामा खेलिरहेका छन् ।

सुरुमा जिल्लाबाट खेल्न पाउँदा नै खुशी हुने अन्जल अब राष्ट्रिय टिममा परेर विदेश खेल्न जाने सम्म भइसकेका छन् । पहिलो पटक टिममा आफ्नो नाम देख्दा खुशी लागेको र यो यात्रा कठिन रहेको पनि उनले सुनाए ।

‘धेरै कठिन समयमाहरु पनि पार गरेँ । अहिले सिनियर टिममा पर्दा खुशी छु । मुख्य लक्ष्य भनेकै नेसनल टिमलाई रिप्रिजेन्ट गर्ने हो । सबैको जस्तै मेरो पनि त्यही सपना छ’ उनले आफ्नो लक्ष्य सुनाए ।

तर राष्ट्रिय टिममा प्राय गोलकिपरमा एक जनाले नै खेलिरहने भएकोले अन्जनलको लागि राष्ट्रिय टिमबाट खेल्ने अवसर पाउन समय लाग्न सक्छ । किनभने राष्ट्रिय टिमको कप्तान नै गोलकिपर छन्

किरण चेम्जोङ नेपालका लागि एक सय खेल खेल्ने हाल सबैभन्दा अनुभवी खेलाडी हुन् । यस्तै नेपालका लागि खेलिसकेका दिप कार्की दोस्रो रोजाइको किपरको रुपमा छन् । अन्जल तेस्रो रोजाइको किपरको रुपमा छन् ।

अन्जल आफ्नो प्रतिस्पर्धा दाईहरुसँग नभई आफूसँगै भएको चुनौतीको सामना गर्ने बताउँछन् । ‘गोलकिपरका धेरै चुनौती छ । मुख्य चुनौती दाईहरुसँग भन्दा पनि मसँगै हो । आफूलाई अझ सुधार गर्दै जान्छु’ उनले भने।

अन्जल श्रेष्ठ नेपाली फुटबल टोली सुबास बम ठकुरी सुमन श्रेष्ठ
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय