+
+
Shares

भोलिदेखि सेयर मूल्यमा भारित औसत गणना विधि लागु हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १८:३२

६ चैत, काठमाडौं । भोलि बिहीबारदेखि सेयर बजारमा भारित औसत मूल्य निर्धारण लागु हुने भएको छ ।

नेपाल स्टक एक्स्चेन्जले भोलिदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै सो सेयरको अन्तिम मूल्य हुने व्यवस्था लागु गर्न लागेको हो । यो व्यवस्थाअनुसार २ : ४५ बजेदेखि ३ : ०० बजेसम्मको भारित औसत मूल्य नै सो कम्पनीको अन्तिम मूल्य हुने छ ।

उक्त अवधिमा कुनै कारोबार नभएमा भने पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने छ ।

हालसम्म अन्तिम पटक भएको कारोबार मूल्य नै अन्तिम मूल्य रहँदै आएको थियो । अन्तिममा बजारमा मूल्य बढाउन तथा घटाउन चाहनेले चलखेल गर्ने गरेको गुनासोपछि नेप्सेले नयाँ व्यवस्था लागु गर्न लागेको हो ।

यसका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?