+
+
Shares

राज्यकोष र निजी क्षेत्रकाले तलबको २ प्रतिशत स्वास्थ्य बीमा कोषमा राखौं : स्वास्थ्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १८:५७

६ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राज्यकोष तथा निजी क्षेत्रबाट तलब खानेहरूको तलबको २ प्रतिशत रकम कट्टा गरेर स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने प्रणालीको विकास गर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा स्वास्थ्य बिमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो प्रस्ताव गरेका हुन् ।

राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्म सबैले तलबको २ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा योगदान गर्ने प्रणालीको विकास गर्नु जरुरी रहेको बताए ।

‘हामीले बीमा ऐनमा एउटा नीति बनाएका छौं । यदि म बीमामा जोडिए भने मैले ३५ सय रुपैयाँ तिरे हुन्छ । मैले खाने तलबबाट २ प्रतिशत बीमामा योगदान गर्ने व्यवस्था भयो भने मैले १७ हजार तिर्नुपर्छ । राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्म सबैले र संगठित तथा निजी क्षेत्रमा तलब खानेहरूले बीमा प्रणालीमा योगदान गर्ने प्रणालीको विकास गरौं । तलब खानेहरूले बिमा कोषमा योगदान गर्ने स्थिति विकास गरौं,’ मन्त्री पौडेलको प्रस्ताव छ ।

गरिबीको रेखामुनि रहेका नागरिकको प्रिमियम सरकारले तिरेर स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ ।

‘प्रगतिशील प्रिमियम लागू गरौं । जसले गर्दा योगदान गर्नसक्ने नागरिकले प्रिमियमको माध्यमबाट योगदान गर्नसक्ने स्थिति हुन्छ । अहिलेको ३५ जस्तै एउटा प्रिमियमको रकम तोक्ने र त्यस्तो ठाउँ बनाउने,’ पौडेलले भने, ‘यसरी प्रिमियम तिर्न नसक्ने गरिबको रेखामुनि रहेका नागरिकहरूको प्रिमियम सरकारले तिरिदिएर स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरौं । नेपालमा ६६ लाख घर परिवार छ कसैलाई पनि बिमाभन्दा बाहिर नराखौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?