
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले एलकेएस डेन्टल सोलुसन्समा १० प्रतिशत छुट पाउने भएका छन् । सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसन्सबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार काठमाडौं बिजुलीबजारस्थित एलकेएस डेन्टल सोलुसन्समा ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।
छुटसम्बन्धी जानकारीका लागि चौबिसै घण्टा सञ्चालनमा रहने बैंकको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकको भनाइ छ ।
डिजिटल भुक्तानीे प्रयोग बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै बैंकले ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया 4