+
+
Shares

भारतको गोरखपुरबाट नेपाल घुम्न आएका पाण्डे कालीगण्डकीमा बेपत्ता

पाल्पाको  बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार २५ वर्षीय शिवम पाण्डे बेपत्ता भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १९:४२

६ चैत, काठमाडौं । भारतको उत्तर प्रदेश स्थित गोरखपुर जिल्लाबाट नेपाल घुम्न आएका एक जना युवक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् ।

पाल्पाको  बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार २५ वर्षीय शिवम पाण्डे बेपत्ता भएको पाल्पाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

उनीसँगै घुम्न आएका अन्य तीन जना भने सकुशल रहेको मल्लले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा पाण्डेको खोजी कार्य जारी रहेको मल्ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?