+
+
Shares
फिल्म :

यस्तो देखियो थ्रीलर फिल्म ‘११ः५५’ को प्रिमियर (तस्वीर)

अग्रिम टिकट बिक्री सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते २१:५५

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘११ः५५’को रेडकार्पेट प्रिमियर गरिएको छ । बुधबार बेलुका आयोजित समारोहमा फिल्मको टोलीसहित फिल्मकर्मी सहभागी रहे ।

केशव पाण्डेको पटकथा र निर्देशन रहेको फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, एमएस अग्रज लगायतको अभिनय छ । मध्यरात ११ बजेर ५५ मिनेटमा हुने घटनाको कथावस्तु वरपर घुम्ने फिल्मलाई क्राइम थ्रीलर जनरामा राखिएको छ ।

बुधबार बेलुकादेखि नै देशभरका हलले यो फिल्मको एड्भान्स टिकट बिक्री थालेका छन् । यो समाचार लेख्दासम्म फिल्मले देशब्यापी ५० हाराहारीमा शो पाएको छ । यो संख्या विहिबारदेखि वृद्धि हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?