+

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित, दिपेन्द्रको अलराउण्ड प्रदर्शन

२०८१ चैत  ७ गते १७:०३ २०८१ चैत ७ गते १७:०३
लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित, दिपेन्द्रको अलराउण्ड प्रदर्शन

७ चैत, काठमाडौं । दिपेन्द्र रावतले अर्धशतकसँगै ३ विकेट पनि लिएपछि कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

तेस्रो जित निकाल्ने क्रममा कर्णालीले लुम्बिनीलाई ५ रनले हराएको हो । कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३ बल अगावै २०० रनमा समेटियो ।

प्रज्वल थापाले अर्धशतक बनाएपनि पर्याप्त हुन सकेन । उनले ८४ रन बनाए भने कप्तान देव खनालले ४० रन बनाए । आकाश त्रिपाठीले २१ र मनिष थापाले १६ रन बनाए ।

कर्णालीका दिपेन्द्र रावतले १० ओभरमा ४१ रन दिएर ३ विकेट लिए । दिनेश अधिकारीले पनि ३ विकेट लिँदा प्रकाश जैसीले २ तथा दिवान पुन र सुनिल धमलाले १-१ विकेट हात पारे ।

त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४८.५ ओभरमा अलआउट हुँदै २०५ रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्रले सर्वाधिक ६६ रन बनाए भने अर्जुन घर्तीले ५६ रन बनाए ।

५६ रनमा ६ विकेट गुमेपछि दबाबमा आएको कर्णालीका लागि दिपेन्द्र र अर्जुन मिलेर १०२ रनको साझेदारी गर्दै कमब्याक गराएका थिए ।

लुम्बिनीका लागि रमेश कुर्मीले १० ओभरमा ३७ रन दिएर ३ विकेट लिए । निर्मल गुरुङ, अजय चौहान र बिप्राशन केसीले २-२ तथा कप्तान देव खनालले १ विकेट लिए ।

लुम्बिनीले ७ खेल खेल्दा ४ जित निकालेको छ भने कर्णालीले योसँगै ६ खेलमा ३ जित निकालेको छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय