+
+
Shares

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १०:२४

७ चैत, काठमाडौं । जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयकाे प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ ।

जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन । केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको अनुमान छ ।

यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने उक्त प्रश्नपत्र आउट भएकोबारे आफूलाई केही पनि जानकारी नरहेको बताए । आफूसहित परीक्षा अनुगमन समितिका पदाधिकारीहरु थुप्रै केन्द्रहरुमा पुग्दा मर्यादित रुपमा परीक्षा भइरहेको पाएको उनले बताए ।

मधेश प्रदेशमा वर्ष धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुँदै छन् । धनुषामा १९५ वढा विद्यालयमा अध्ययनरत १३ हजार ६५४ जना विद्यार्थी एसईई दिँदैछन् ।

आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?