+
+
Shares

कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते ११:०३
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की । फाइल फोटो

७ चैत, विराटनगर । कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त हुने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?