+
+
Shares

घट्यो सागको भाउ, कुनको कति ?

समितिको तथ्यांक अनुसार बुधबार थोकमा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको पालुंगो साग आज बिहीबार १० रुपैयाँ घटेर ५५ मा झरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते ११:४४

७ चैत, काठमाडौं । बजारमा बिहीबार सागको भाउ घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिको तथ्यांकले आज बिहीबार सागको भाउमा गिरावट आएको देखाएको हो ।

समितिको तथ्यांक अनुसार बुधबार थोकमा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको पालुंगो साग आज बिहीबार १० रुपैयाँ घटेर ५५ मा झरेको छ ।

यस्तै तोरी साग बुधबार ३५ रुपैयाँ र मेथीको साग ५५ रुपैयाँ थियो । आज तोरी सागको थोक मूल्य २६.६७ रुपैयाँ छ भने मेथीको साग किलोको ४६.६७ रुपैयाँ कायम छ ।

कालीमाटी बजारमा रायो सागको मूल्य भने स्थिर छ । रायो साग थोकमा किलोको ४५ रुपैयामाँ किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?