+
+
Shares

महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिइयोस् : सांसद परियार

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते ११:४२

७ चैत, काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दलित समुदायमाथि भएको विभेदबारे नेपाली कांग्रेसका सांसद जीवनबहादुर परियारले घोर भत्र्सना गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँग माग समेत गरेका छन् ।

गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलिप यादवसहितका व्यक्तिहरूले औरही गाउँपालिका–५ का स्थानीय दीपक मरिक (डोम) को घर भत्काएको भन्दै सांसद परियारले आपत्ति जनाएका हुन् ।

महायज्ञका लागि त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ ।

पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।

‘विभिन्न जातीय विभेदका घटना घटिरहेका छन् । सिरहामा विष्णु महायज्ञ गर्ने नाममा …सहितका व्यक्तिहरूले दोङ जातिका व्यक्तिको उठिबास गरिरहेको छ,’ सांसद परियारले भने, ‘त्यसको घोर भत्र्सना गर्दछु । पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँग जोडदार माग गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?