
७ चैत, काठमाडौं । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शंखुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय चतुरमान तामाङ छन् । उनले २२ चैत २०६१ मा भोजपुरको जरायोटार-४ घर भएका ३६ वर्षीय पर्शुराम विकको हत्या गरेको आरोप छ ।
बिक हत्याका दोषी तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले पक्राउ गरेको हो ।
चैनपुरबाट ६ चैतमा पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि अदालतमार्फत कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4