७ चैत, काठमाडौं । आज विश्व मुख स्वास्थ्य दिवस । यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा ‘ह्याप्पी माउथ इज ह्याप्पी माइण्ड’ भन्ने रहेको छ । यस दिवसका अवसरमा नेपाल डेन्टल एसोसियन र डेन्टल स्टुडेन्स सोसाइटी नेपालले काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
डेन्टल स्टुडेन्स सोसाइटीका प्रवक्ता सुशांख्य पौडेलका अनुसार बिहानै सचेतनामुलक र्याली निकालिएको थियो । वसन्तपुरबाट निस्किएको र्याली जमल, दरबारमार्ग हुँदै नक्सालस्थित नारायणचौरसम्म पुगेको थियो । त्यहाँ पुगेर योगा तथा ध्यानसहित कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा दन्त चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी लगायत गरी ३०० भन्दा बढीको सहभागिता थियो ।
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा मुख स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन गरिएको छ । बिहान ९ बजेबाट सुरु भएको शिविर बेलुका ५ बजेसम्म रहने पौडेलले जानकारी दिए । यसमा विशेषगरी दन्त तथा मुख स्वास्थ्यको अवस्थाबारे परीक्षण गरिन्छ ।
दाँत कीराले खानबाट जोगाउन फ्लोराइड लगाइदिने र थप उपचार आवश्यक छ, छैन पत्ता लगाइने पौडेलले बताए ।
प्रतिक्रिया 4