+
+
Shares

जुवातास खेलेको आरोपमा टोखाबाट १९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १२:४४

७ चैत, काठमाडौं । जुवातास खेलेको आरोपमा टोखाबाट प्रहरीले १९ जनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका-३ सूर्यदर्शन हाइट डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएकी ४४ वर्षीया कुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी टोखा नगरपालिका–८ गैरीगाउँ बस्ने अमृता खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?