+

कुशल र दिपेन्द्रको अर्धशतकमा बागमतीलाई पुलिसको बलियो लक्ष्य

२०८१ चैत  ७ गते १२:५४ २०८१ चैत ७ गते १२:५४
कुशल र दिपेन्द्रको अर्धशतकमा बागमतीलाई पुलिसको बलियो लक्ष्य

७ चैत, काठमाडौं । ओपनर कुशल भुर्तेल र कप्तान दिपेन्द्रसिंह ऐरीको शानदार प्रदर्शनमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक्लो अपराजित टिम नेपाल पुलिस क्लबले बागमती प्रदेशविरूद्ध बलियो योगफल खडा गरेको छ ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २९७ रन बनाएको हो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८८ रन बनाए । शतकको नजिक पुगेका उनी अगाडि बढेर शट खेल्ने क्रममा स्टम्प आउट भएका थिए ।

कप्तान दिपेन्द्रसिंह ऐरीले ६० रन बनाए । अमित श्रेष्ठले ४८ तथा आरिफ शेखले ३८ रन बनाए । ओपनर कुशल र अमितले पहिलो विकेटका लागि १२४ रनको शतकीय साझेदारी गरेका थिए।

बागमतीका लागि प्रतिश जिसीले १० ओभरमा ४६ रन दिएर ३ विकेट लिए । रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र बिपिन आचार्यले १-१ विकेट लिए ।

अपराजित टिम पुलिसले ६ खेल जित्दै १२ अंक जोडेको छ र फाइनल सम्भावना बलियो बनाइसकेको छ । बागमतीले भने ५ खेलमा २ जित मात्र निकालेको छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय