+
+
Shares

ऊर्जामन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसद गैरेको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १३:०१

७ चैत, काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गेरैले ऊर्जा,जलस्रोत तथा सिञ्चाइमन्त्री दिपक खड्काको अभिव्यक्तिमा असन्तुष्टि जनाएका छन् ।

‘मैले दुई पटक सुनेँ– हाम्रो उर्जामन्त्रीले नेपालमा लोडसेडिङ नहुने कुराको जस भारतलाई दिनुपर्छ । हिजो पनि त्यही सुँने,’ सांसद गैरेले बिहीबार प्रतिनिधि सभाको बैठकमा भने ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ऊर्जामन्त्री खड्काले नेपालमा लोडसेडिङ हुने अवस्था रहेको बताएका थिए । नेपालमा विगतका लोडसेडिङ अन्त्य हुने विषयको जस पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई नभएर छिमेकी मुलुक भारतलाई दिनुपर्ने बताएका थिए ।

ऊर्जामन्त्रीको यस्तो अभिव्यक्तिप्रति सांसद गैरेले प्रतिनिधि सभामा असन्तुष्टि जनाएका हुन् । भारतले विद्युत दिएका कारण नेपालमा लोडसेडिङ हटेको तर्कप्रति गैरेको जवाफ छ, ‘नेपालको बिजुली भारतले किन्छ । भारतको विजुली नेपालले किन्छ यो ब्यापारको विषय हो ।’

नेपालीहरूले मेहनत गरेर लामो समयपछि नेपालका निजी उद्यमीहरूले, नेपाल सरकारले लगानी गरेर विद्युत उत्पादन गरेको उल्लेख गर्दै उनले उत्पादित विद्युतको खपत बढाउनुपर्ने बताए । वर्षाको समयमा भने नेपालमा उत्पादित विद्युत खेर जाने अवस्था विद्ययमान रहेको पनि उनले स्मरण गरे ।

यो अवस्थामा ऊर्जामन्त्री खड्काले लोडसेडिङ हुन्छ भनेको विषय उठाउँदै सांसद गैरेले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘एकातिर मन्त्रीज्यू भन्नुहुन्छ– लोडसेडिङ हुन्छ, लोडसेडिङसुरु भयो । अर्कोतिर नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख भन्नुहुन्छ– लोडसेडिङ छैन, हुँदैन, ढुक्क हुनुस्’ गैरेको प्रश्न छ, ‘यो खालको अन्योलता, एउटै सरकारबाट एउटै देशभित्र यो खालका समाचारले दिन खोजेको सन्देश के हो ?’

यस्तो अवस्थाले मुलुकलाई राम्रो नगर्ने उनको आग्रह छ । एसइईको परीक्षा चलिरहेको, उद्योग चलाउनुपर्ने अवस्था रहेको, आगलागी बढ्दै गएको, हावाहुरी चल्ने मौसम रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा विद्युतको व्यवस्थापन आवश्यक रहेको बताए ।

आउन सक्ने समस्यालाई कसरी समाधान गर्ने भनेर योजना बनाउनुपर्ने र जनतालाई आश्वास्त पार्नुपर्ने बेलामा दुविधायुक्त, भ्रमयुक्त समाचार सम्प्रेषण हुने वातावरण सिर्जना हुनु उचित नरहेको उनले बताए । गलत सूचना सम्प्रेषित हुने वातावरण बन्द गर्न सरकारलाई सांसद गैरेको आग्रह छ ।

‘गलत सूचना वा फरक–फरक सूचना सम्प्रेषित गर्ने कुरा बन्द होस् । जे वास्तविकता हो, जे यथार्थ हो त्यो कुरा सम्प्रेषित हुने र उत्पन्न हुने समस्यालाई समाधान गर्नको लागि सरकार योजनावद्ध काम गर्ने गरी जानुपर्दछ’ गैरेले भने, ‘देश हामीले बनाउने हो, देश हाम्रो पौरखले बन्ने हो । हाम्रो क्षमताले, हाम्रो सार्मथ्यले, अनुशासित, मर्यादित कामले देश बनाउने कुरामा हामी सबै लाग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?