+
+
Shares

प्रभु साहले गरे ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १२:५९

७ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन् ।

यसअघिकै प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सांसद साहले यसलाई औचित्यहीन भएको जिकिर गरेका छन् ।

आजकै बैठकमा बोल्ने क्रममा उनले कार्यसूचीबाटै ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन आग्रह गर्दै बहिष्कार गर्ने चेतावनी दिएका थिए ।

तर, माग सम्बोधन नभएपछि साहले बैठक बहिष्कार गरेका हुन् ।

‘मैले बैठक बहिष्कार गरेर निस्किएको छु,’ साहले अनलाइनखबरसँग भने ।

बिहीबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्रीबाट जवाफ नआउनुले सिंगो संसद्, सभामुखको गरिमामा समेत प्रश्न उठेको उनको भनाइ थियो ।

यसअघि भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद साहले सोधेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएका थिएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?