+
+
Shares

‘भ्रातृसंस्थाका विद्यार्थी नेताले विद्यार्थीको मुद्दा बोकेनन्, विद्यार्थीले स्वतन्त्रलाई रोजे’

विद्यार्थी संगठनको राजनीतिको औचित्यमाथि प्रश्न उठेको छ । संगठनका विद्यार्थीले माथिबाट जे आदेश आउँछ त्यही मान्ने गर्छन् भन्ने भास्य विद्यार्थीको माझमा छ । यसले उहाँहरूलाई सच्चिन सन्देश दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १३:३५

त्रिभुवन विश्वविद्यालय केन्द्रीय प्रविधि क्याम्पस धरानमा स्वतन्त्र उम्मेदवार पेशलराज कार्की निर्वाचित भए । उनले ४१३ मत ल्याएर निर्वाचित भएको हुन् ।

भ्रातृसंस्थाका उम्मेदवारलाई पराजित गर्दै उनी विजयी भए । विजयी भएपछि कार्कीसँग गरिएको छोटो कुराकानी :

बलिया भनेका भातृसंस्थाका उम्मेदवारलाई कसरी पराजित गर्नुभयो ?

म स्नातकोत्तर चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुँ । विद्यार्थीको दुःखमा साथ दिँदै आएको थिए । क्याम्पसमा विद्यार्थीको समस्या समाधान गर्न संघर्ष गरेका कारण विद्यार्थी साथीहरूको मायाले जितेको हुँ । विद्यार्थीको हितमा काम गर्दा स्वतन्त्र भएर पनि जित्न सकिने रहेछ ।

जित्नका लागि तपाईसँग के योजना थियो ?

ठूला–ठूला कुरा अगाडि सारेको थिइनँ। सरकारी क्याम्पसमा भर्ना गर्न जब नयाँ विद्यार्थी आउँछन् । त्यतिबेला आधा घण्टामा हुने काम पूरै दिन लगाउनुपर्छ । कहिले कर्मचारी हुँदैन ।

सरकारी क्याम्पस भन्ने बित्तिकै ढिला हुने भनिन्छ । हरेकको समयको महत्त्व हुन्छ । यही सानो समस्या समाधान गर्ने योजना थियो । ठूला कुरा बनाउन भन्दा पनि साना कुरा सुधार गरेर सिस्टम सुधार गर्ने योजना हो ।

सरकारी क्याम्पस भन्ने बित्तिकै ढिला हुने भनिन्छ । हरेकको समयको महत्त्व हुन्छ । यही सानो समस्या समाधान गर्ने योजना थियो । ठूला कुरा बनाउन भन्दा पनि साना कुरा सुधार गरेर सिस्टम सुधार गर्ने योजना हो ।

सानो योजना बनाएर भ्रातृसंस्थालाई त ठूलै चुनौती दिनुभयो नि ?

हो, भातृसंस्थाहरुलाई यो चुनौती हो । यसले विद्यार्थी संगठनको राजनीतिको औचित्यमाथि प्रश्न उठेको छ । संगठनका विद्यार्थीले माथिबाट जे आदेश आउँछ त्यही मान्ने गर्छन् भन्ने भास्य विद्यार्थीको माझमा छ । यसले उहाँहरूलाई सच्चिन सन्देश दिएको छ ।

भनेपछि संगठनका विद्यार्थी नेता विद्यार्थीको प्रतिनिधि भएनन् ?

ठ्याक्कै त्यही हो। विद्यार्थीको मुद्दा नउठाएकाले नै हामीले अवसर पाएका हौं ।

अब कसरी चलाउनु हुन्छ ?

हामी बैठक अनलाइनबाट चलाउछौं । पारदर्शीता कायम गर्दै क्याम्पसमा सिस्टम बसाल्ने काम गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?