+

सन् २०२५ मा नेपालमा दुई अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुने

२०८१ चैत  ७ गते १३:३० २०८१ चैत ७ गते १३:३०
सन् २०२५ मा नेपालमा दुई अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुने

७ चैत, काठमाडौं । सन् २०२५ मा नेपालमा दुई अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले बिहीबार २०२५ को लागि सार्वजनिक गरेको क्यालेन्डरमा नेपालले दुई प्रतियोगिता आयोजना गर्ने उल्लेख छ ।

जस अनुसार २०२५ अक्टोबर ११ देखि १७ सम्म काठमाडौंमा काभा वुमन्स नेसन्स लिग र डिसेम्बर १ देखि ७ सम्म काठमाडौंमै काभा वुमन्स च्याम्पियन्स लिग आयोजना हुनेछ ।

काभाले सार्वजनिक गरेको क्यालेन्डर अनुसार इन्डोर भलिबलमा विभिन्न १२ प्रतियोगिता हुनेछ भने बिच भलिबल अन्तर्गत ५ प्रतियोगिता हुनेछ ।

नेपालले सन् २०२४ मा पनि काभाको दुई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।

काभा भलिबल नेपालमा भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय