+
+
Shares

‘अञ्जिला’लाई भोलिपनि डेढसय शो, ‘द्रौपदी’ र ‘११ः५५’ले कति पाए ?

भोलिदेखि सुरु हुने नयाँ सप्ताहन्तमा सबैभन्दा धेरै शो मिलन चाम्स निर्देशित ‘अञ्जिला’को कब्जामा हुनेछ । १४० शोसहित एन्जिला तुम्बापो सुब्बाको फिल्म प्रदर्शनरत हुनेछ । अहिले पनि सर्वाधिक शो यही फिल्मको नाममा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १३:३९

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा ३ नयाँ फिल्म प्रदर्शनमा आउँदैछन् । जसमध्ये क्राइम थ्रीलर ‘११ः५५’ले देशब्यापी ६० शो पाएको छ । सोसल ड्रामा ‘द्रौपदी’ शुक्रबारको लागि ४५ शोसहित प्रदर्शन हुँदैछ ।

हलिउड फिल्म ‘स्नो ह्वाइट’ले ४० शो पाएको छ । शुक्रबारको लागि ‘अञ्जिला’ले १४० शो, ‘होस्टेल ३’ले ५५, ‘आउट ल’ले ५५ र ‘राजागंज’ले १७ शो पाएका छन् ।

भोलिदेखि सुरु हुने नयाँ सप्ताहन्तमा सबैभन्दा धेरै शो मिलन चाम्स निर्देशित ‘अञ्जिला’को कब्जामा हुनेछ । १४० शोसहित एन्जिला तुम्बापो सुब्बाको फिल्म प्रदर्शनरत हुनेछ । अहिले पनि सर्वाधिक शो यही फिल्मको नाममा छ ।

दोस्रो सातामा पनि ‘अञ्जिला’ले प्राप्त गरेको शो संख्या उत्साहजनक हो ।

शुक्रबारदेखि लाग्ने दुई नेपाली फिल्म ‘११ः५५’ र ‘द्रौपदी’ले प्राप्त गरेको शो संख्यालाई उपलब्धिमूलक बनाउन सकारात्मक ‘वर्ड अफ माउथ’को मद्दतमा अकुपेन्सी सिर्जना गर्नुपर्ने देखिन्छ ।

अहिले पनि नेपालका हलमा हलिउडको ‘मिकी १७’, नेपालको ‘लाज शरणम्’ र बलिउडको ‘छावा’ पनि प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?