
७ चैत, काठमाडौं । स्ववियु चुनावको माग राखेर धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु कार्यालयमा अखिल क्रान्तिकारी र अनेरास्ववियुले तालाबन्दी गरेका छन् ।
क्याम्पस प्रशासनको लापरबाही र नियोजित चलखेलका कारण तोकिएको समयमा चुनाव हुन नसकेको दुवै संगठनको आरोप छ ।
विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने, क्याम्पस प्रशासन कुनै संगठन वा पार्टीको स्वार्थमा नचलोस् र २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेका कारण प्रशासनले त्यसलाई मान्यता दिन नहुने माग राख्दै तालाबन्दी गरिएको अखिल क्रान्तिकारी नीलकण्ठ बहुमुखी क्याम्पस अध्यक्ष संगीत तामाङ र अनेरास्ववियु नीलकण्ठ बहुमुखी क्याम्पस अध्यक्ष सम्झना शाक्यले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालयद्वारा जारी स्ववियु निर्वाचन निर्देशिका, २०८१ अनुसार ५ चैतमा नै स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्नेमा क्याम्पस प्रशासनले बेवास्ता गर्दै पुरानै समितिलाई मान्यता दिने गरेर गतिविधि गरेकाले तालाबन्दी गर्नु परेको अखिल क्रन्तिकारी धादिङका अध्यक्ष श्रीकृष्ण रिजालले बताए ।
दुवै विद्यार्थी संगठनहरूले प्रेस विज्ञप्तिमा जारी गर्दै आफ्ना माग सम्बोधन नभए सशक्त संघर्षका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने उल्लेख गरेका छन् ।
संयुक्त प्रेश विज्ञप्ति
प्रतिक्रिया 4