+

गेटा अस्पतालको निर्देशकमा डा. प्रमोदकुमार यादव नियुक्त

२०८१ चैत  ७ गते १३:४६ २०८१ चैत ७ गते १३:४६
गेटा अस्पतालको निर्देशकमा डा. प्रमोदकुमार यादव नियुक्त

७ चैत, काठमाडौं । कैलालीस्थित गेटा अस्पतालको निर्देशकमा डा. प्रमोदकुमार यादव नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी डा. यादवलाई गेटा अस्पतालको निर्देशक नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

यादव यसअघि राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका थिए । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १०औं तहमा कार्यरत छन् ।

डा. यादवले प्रादेशिक अस्पताल जनकपुरको समेत नेतृत्वमा रहेर काम गरिसकेका छन् । गेटा अस्पतालमा यसअघि डा.अशोक श्रीपाइली निर्देशक थिए। उनले गत माघमा पदबाट राजीनामा दिएपछि निर्देशकको पद रिक्त थियो ।

गेटा अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय