+

टियु क्रिकेट मैदान अवलोकनपछि मन्त्री सिंहले भने– वैशाखभित्रै काम सकिने विश्वास छ

२०८१ चैत  ७ गते १४:०५ २०८१ चैत ७ गते १४:०५
टियु क्रिकेट मैदान अवलोकनपछि मन्त्री सिंहले भने– वैशाखभित्रै काम सकिने विश्वास छ

७ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वैशाख २४ गतेभित्रै कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माणको काम सकिने विश्वास व्यक्त गरेका छन् ।

बिहीवार निर्माणाधिन मैदानको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले निर्माण कम्पनीसँग वैशाख २४ गतेसम्मको समयसीमा रहेकाले सो समयभित्रै काम सकिने विश्वास व्यक्त गरे । समयमै काम सक्नका लागि तीन चरणमा निर्माणको काम अघि बढाइएको उनले बताए ।

फ्लडलाइट जडान र प्यारापिट बनाउने काम समयमै गर्नसके नेपालमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने बताउनु भयो ।

युद्धस्तरमा काम भइरहेको बताउँदै उपप्रधानमन्त्री सिंहले भने, ‘वैशाख २४ गतेको मितिभित्रै काम पूरा गर्न काम अघि बढिरहेको छ । वैशाख २४ गते नै सम्झौताअनुसारको निर्माण कार्य पूरा भएर उद्घाटन गर्न पाए राम्रो हुन्छ । त्यही अनुसार काम हेरौँ भनेर आएको हुँ । समयमै सक्नका लागि तीन चरणमा काम अघि बढिरहेको छ । फ्लड लाइट जडान र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्नसके नेपालमा पनि गर्न सकिने रहेछ भनेर देखाउन सक्छौँ ।’ यस्ता स्टेडियमहरु ठाउँठाउँमा बनाइरहेको उनले जानकारी गराए ।

निरीक्षणमा गएका उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह ।

निरीक्षणमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पनि थिए । उनले सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट नै क्रिकेट मैदान निर्माणको निर्णय गरेर अघि बढेकाले समयभित्रै सकिने दाबी गरे । उनले समयमै निर्माण सकिसक्न तीन चरणमा काम भइरहेको जानकारी दिए ।

‘सरकारको पहिलो बैठकबाट नै यो निर्णय भएको हो । कसरी छिटोभन्दा छिटो काम हुन्छ भनेर हामी अघि बढिरहेका छौँ । तीन सिफ्टमा काम गरिरहेका छौँ । जुन किसिमको सम्झौता गर्नुभएको छ, त्यो भन्दा अगाडि नै काम सकिदिन आग्रह गर्दछु,’ उनले भने ।

२०८२ को वैशाख २४ गतेभित्र १० हजार सिट क्षमताको प्यारापिट र र ६ वटा फ्लड लाइट जडान गर्ने सरकारले काम अघि बढाइरहेको छ । फ्लड लाइट र १० हजार सिट क्षमताको रंगशाला तयार भएपछि पार्किङ, थप संरचना र बाँकी प्यारापिट निर्माण गरिनेछ ।

मैदानको प्यारापिट बनाउन बिकेओआई–केसीडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको थियो । फ्लडलाइट जडानका लागि भने ललितपुरको विशन–इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ । कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।

फोटो : आर्यन धिमाल/अनलाइनखबर

टियु क्रिकेट मैदान प्रकाशमान सिंह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय