+

मस्तिष्क चोटको रोकथाम र व्यवस्थापन समाजकै दायित्व

२०८१ चैत  ७ गते १८:०७ २०८१ चैत ७ गते १८:०७
मस्तिष्क चोटको रोकथाम र व्यवस्थापन समाजकै दायित्व

हरेक वर्ष मार्च २० तारिखका दिन विश्वभर मस्तिष्क चोट दिवस मनाइन्छ, जसको उद्देश्य टाउको तथा मस्तिष्कमा हुने चोटपटकको रोकथाम, सचेतना तथा उपचारको महत्त्वबारे जनचेतना फैलाउनु हो।

नेपालमा पनि प्रत्येक वर्ष यो दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने गरेको छ ।  नेपालमा सडक दुर्घटना, अग्लो ठाउँबाट खस्ने, औद्योगिक दुर्घटना तथा अन्य विविध कारणले गर्दा मस्तिष्कमा गम्भीर चोट लाग्ने समस्या धेरै देखिन्छ।

विशेष गरी मोटरसाइकल दुर्घटनाका कारण टाउकोमा गम्भीर चोट लाग्ने घटनाहरू उल्लेखनीय रूपमा बढिरहेका छन्। ट्राफिक प्रहरीको तथ्यांकअनुसार, नेपालमा हुने दुर्घटनामा संलग्न अधिकांश व्यक्तिहरू मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्ति रहेका छन्।

नेपालमा मस्तिष्क चोटको रोकथाम तथा उपचारका लागि पछिल्ला वर्षहरूमा विभिन्न महत्वपूर्ण पहलहरू गरिएका छन्।

-नियम कानुनमा सुधार : ट्राफिक नियमको कडाइ गर्दै हेल्मेट अनिवार्य गर्ने नीति लागू गरिएको छ।

-चिकित्सा सेवा विस्तार : देशभर विभिन्न अस्पतालहरूमा न्यूरोसर्जरी विभाग तथा ट्रमा सेन्टरहरू स्थापना भएका छन्। काठमाडौं उपत्यकामा मात्रै होइन, बाहिरी जिल्लाहरूमा पनि ।

-मस्तिष्क चोटको आपत्कालीन उपचार सेवा विस्तार गरिएको छ।

-जनचेतनामूलक कार्यक्रम : स्कुल, कलेज तथा अन्य सार्वजनिक स्थलहरूमा ट्राफिक सचेतना अभियान, हेल्मेटको अनिवार्यता, सुरक्षित सवारी चलाउने उपायबारे जनचेतना पैलाउने कार्यक्रमहरू सञ्चालन गरिएका छन्।

नेपाल सरकारले मस्तिष्क चोट रोकथामका लागि विभिन्न योजना अगाडि बढाइरहेको छ, जसमा निम्न बुँदाहरू समावेश छन्

-दुर्घटना न्यूनीकरण कार्यक्रम : सुरक्षित सडक पूर्वाधार निर्माण तथा ट्राफिक व्यवस्थापनको सुदृढीकरण।

-सार्वजनिक यातायातको प्रवर्द्धन : मोटरसाइकलको अत्याधिक प्रयोग घटाएर सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने प्रयास।

-हेल्मेट अनिवार्य कार्यान्वयन : चालकसँगै पछाडि सवार यात्रुका लागि पनि गुणस्तरीय हेल्मेट लगाउने अनिवार्य नियमलाई थप कडाइ गर्ने।

-चिकित्सा सेवा सुदृढीकरण : सबै प्रदेशमा न्युरोसर्जरी सेवा विस्तार गर्दै अत्याधुनिक ट्रमा सेन्टरहरू स्थापना गर्ने योजना।

मस्तिष्क चोटबाट जोगिन सुरक्षित सवारी चलाउनु, ट्राफिक नियम पालना गर्नु, गुणस्तरीय हेल्मेट लगाउनु तथा दुर्घटना भएमा तत्कालै उचित उपचारको पहल गर्नु आवश्यक छ। सुरक्षित नेपाल निर्माणका लागि सबै नागरिकहरूको सहयोग अपरिहार्य छ।

मस्तिष्क चोटको रोकथाम, शीघ्र उपचार र प्रभावकारी व्यवस्थापन समाजकै दायित्व हो भन्ने कुरा सम्झाउने अवसर हो, विश्व मस्तिष्क चोट दिवस ।

सरकारले यस विषयमा निरन्तर काम गरिरहेको छ, तर आम नागरिकहरूको सक्रिय सहभागिताबिना यो अभियान सफल हुन सक्दैन।

मस्तिष्क चोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय