+
+
Shares

यातायात सम्बन्धी कार्यक्रम सकेर अमेरिकाबाट फर्किए भौतिकमन्त्री

अमेरिकाको वासिङ्टन डीसीमा १० मार्चदेखि विश्व वैंकको आयोजनामा ‘ट्रान्सफमिीङ ट्रान्सपोर्टेसन २०२५’ मा भाग लिन उनी २४ फागुनमा अमेरिका गएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १६:०२

७ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न यातायात सम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर फर्किएका छन् ।

अमेरिकाको वासिङ्टन डीसीमा १० मार्चदेखि विश्व वैंकको आयोजनामा ‘ट्रान्सफमिीङ ट्रान्सपोर्टेसन २०२५’ मा भाग लिन उनी २४ फागुनमा अमेरिका गएका थिए ।

उनी विश्व वैंकको प्रधान कार्यालयमा ‘सस्टेनेबल ट्रान्सपोर्ट मिनिस्टेरियल राउन्ड टेबुल’ उद्घाटन सत्र तथा ‘ट्रान्सफमिङ ट्रान्सपोर्टेसन’ मा नेपालको नेतृत्व गर्दै सहभागी भएका थिए ।

कार्यक्रममा मन्त्री दाहालले नेपालको भौगोलिक विविधता र पर्यावरणीय दृष्टिकोणको महत्त्व दर्शाउँदै नेपालको सडक सञ्जाल र यातायात विस्तारमा सरकारको प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पारे ।

सडक सञ्जाल सुधार र विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा सडक सेवा विस्तार, सवारीसाधनको लागत न्यूनतम राख्ने र छोटा सडक सञ्जाल स्तरोन्नति गर्ने योजना प्रस्तुत गरेका थिए ।

मन्त्री दाहाल अमेरिकास्थित नेपाली दूतावासमा आयोजित भेटघाट तथा अन्तक्र्रियामा पनि सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?