+
+
Shares

खल्तीमा बोकेको मोबाइल पड्किँदा युवकको अण्डकोष फुट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १७:४६

काठमाडौँ। प्रविधिको प्रयोग बढेसँगै आजभोलि प्राय मानिसहरू मोबाइल आफ्नो खल्तीमै हालेर हिड्ने गर्छन्। तर, भारतको मध्‍यप्रदेशको राजगढ जिल्लामा खल्तीमा राखेको मोबाइल पड्किदा एक युवकको अण्डकोष नै फुटेको छ ।

राजगढको सारङ्गपुर बस्‍ने १९ वर्षीय अरविन्द कुमारको खल्तीमा राखेको मोबाइल पड्किदा उनको अण्डकोष नै फुटेको आजतकले उल्लेख गरेको छ । ती युवक पेशाले पानीपुरी बेचेर गुजारा गर्दै आएका छन् ।

मंगलबार तरकारी बजारबाट साग किनेर उनी आफ्नो गाउँ नैनवाडा फर्किँदै थिए । तर बाटोमा उनले पाइन्टको खल्तीमा राखेको मोबाइल अचानक पड्कियो। मोबाइल पड्किदा उनी सवार बाइकको सन्तुलन बिग्रियो र उनी बाइडकबाट लडेर घाइते भए। यो घटनामा उनको टाउँकोमा चोट लाग्यो । यतिमात्रै होइन मुख्‍य कुार त खल्तीमा राखेको मोबाइल पड्किदा उनको गोप्‍य अंग अण्डकोष नै फुट्‍यो ।

घाइते भएका उनलाई त्यहाँबाट तत्काल एम्बुलेन्स बोलाएर अस्पतालमा लगियो। त्यहाँ उनको प्राथमिक उपचारपछि शाजापुर अस्पताल रेफर गरिएको छ ।

अरविन्दको भाइका अनुसार उसले हालसालै एउटा कम्पनीको पुरानो मोबाइल किनेका थिए । त्यसपछि उसले रातभरी मोबाइल चार्जमा राखेका थिए। पछि सोही मोबाइल लिएर उनी तरकारी बजार सब्जी किन्‍न गएका थिए ।

यता, अरविन्दको उपचारमा संलग्न चिकित्सक डा. नयन नागरका अनुसार अण्डकोष फुटे पनि कुनै गम्भीर खतरा देखिएको छैन । प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको डा. नागरको भनाइ छ ।

विशेषज्ञका अनुसार मोबाइल जति जति पुरानो हुन्छ, त्यति त्यसको ब्याट्रीको क्षमता पनि घट्छ । यस्तो अवस्थामा कतिपयले ब्याटी फेर्दा सस्तो खोज्ने र नक्कली कम्पनीको उत्पादन प्रयोग गर्ने गर्दछन्, जसले गर्दा यस प्रकारको दुर्घटना निम्तिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?