+
+
Shares

कोशी प्रदेशको हिउँदे अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १७:३०
फाइल तस्वीर

७ चैत, विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन बिहीबार रातिदेखि अन्त्य हुने भएको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बिहीबार रातिदेखि अन्त्य गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै बिहीबाररातिदेखि अधिवेशन अन्त्य हुने जनाएको छ ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम ७ चैतको मन्त्रिपरिषद्‍ सिफारिसमा बिहीबार राति १२ बजेदेखि चालु छैटौं अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?