+
+
Shares

गणतन्त्रको पक्षमा एमालेले घोषणा गर्‍यो जनप्रदर्शन र विशेष सभा, कहिले कहाँ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १७:४१

७ चैत, काठमाडौं । नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको हो । अभियान अन्तर्गत, एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभर सबै वडामा सचेतना कार्यक्रम गर्ने बताएको छ ।

तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो ।

सोही क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्‍याली आयोजना गरिने बताइएको छ । सोही दिन सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने एमालेले बताएको छ ।

तयस्तै, चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने बताइएको छ । धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा प्रदर्शन र जनसभा हुने एमालेले बताएको छ ।

प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने र जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने एमालेले जानकारी गराएको छ ।

एमाले महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई उक्त कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान निर्देशन पनि दिएका छन् ।

महासचिव पोखरेलले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिए ।

यस्ता छन् कार्यक्रमहरू :
–प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने ।
–संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने ।
–चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने । जागरण सभा नहुने जिल्लाका हकमा वृहत मोटरसाइकल र्‍याली गर्ने ।
–चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने ।
–काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?