+
+
Shares

काठमाडौं आइपुगे रुसी गायक मिसा लुजिन

गायक लुजिनले फेस्टिभलमा प्रस्तुति दिनेछन् । उनले केही चर्चित रुसी फिल्ममा समेत आवाज दिएका छन् । भारत, बंगलादेश, भुटान, श्रीलंका, बेलायत, बेल्जियम लगायतका मुलुकका कलाकार पनि आउने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १७:४४

काठमाडौं । धुलिखेलमा आयोजना हुने ‘वर्ल्ड युथ फेस्टिभल २०२५’मा सहभागी हुन विदेशी कलाकार नेपाल आउने क्रम सुरु भएको छ । रुसी गायक मिसा लुजिन बिहीबार काठमाडौं आइपुगे ।

उनलाई फेस्टिभलका मनोरञ्जन प्रमुख एवं गीतकार दयाराम पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भादगाउँले टोपी लगाइदिएर स्वागत गरे ।

गायक लुजिनले फेस्टिभलमा प्रस्तुति दिनेछन् । उनले केही चर्चित रुसी फिल्ममा समेत आवाज दिएका छन् । भारत, बंगलादेश, भुटान, श्रीलंका, बेलायत, बेल्जियम लगायतका मुलुकका कलाकार पनि आउने भएका छन् ।

काठमाडौं विश्वविद्यालयमा हुने महोत्सवमा फिल्म, साहित्य, संगीत, स्वास्थ, शिक्षा, राजनीतिबारेका तीन दर्जन छलफल सत्र हुनेछन् । एलिना चौहान, अस्मिता अधिकारी, शान्तिश्री परियार, बद्री पङ्गेनी, महेश काफ्ले, दीपक लिम्बु, माण्डवी त्रिपाठी, श्रीकृष्ण बम मल्ल लगायतले प्रस्तुति दिनेछन् ।

चैत १४ गतेदेखि १८ गतेसम्म फेस्टिभल आयोजना हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?