+
+
Shares

गिरिजाबाबु सम्झँदै प्रचण्डले भने– ‘भरोसा टुट्न दिने छैन’

गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसमा सम्मान प्रकट गर्दै प्रचण्डले लेखेका छन्– ‘शान्ति, संविधान र देशको रक्षा गर्न देखाउनुभएको भरोसा कहिल्यै बिर्सने छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १७:४९
फाइल तस्वीर ।

७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरमा हस्ताक्षर गर्दाको तस्वीर साझा गर्दै गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन् ।

कोइरालाको १५औं स्मृति दिवसको अवसरमा सम्मान प्रकट गर्दै प्रचण्डले कोइरालासँगको तस्वीर साझा गरेका हुन् ।

‘नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

१ फागुन २०५२ देखि चलेको १० वर्षको सशस्त्र संघर्षलाई शान्तिपूर्ण आन्दोलनमा रुपान्तरण गर्ने क्रममा कोइरालासँग ऐतिहासिक सहकार्य गरेका प्रचण्डले उनले दिएका सुझाव कहिल्यै नबिर्सने बताएका छन् ।

‘उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन,’ प्रचण्डले लेखेका छन् । ‘त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।’

५ मंसिर २०६३ मा तत्कालीन प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष प्रचण्डबीच भएको विस्तृत शान्ति सम्झौता भएको थियो ।

सोही सम्झौताका आधारमा अन्तरिम संविधान, दुई पटक संविधानसभाको निर्वाचन, संविधान निर्माणलगायतका काम पूरा भएर मुलुकले वर्तमान राजनीतिक उपलब्धि आर्जन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?