+
+
Shares

प्रोटोन ‘ई.एमएएस७’ ले पूरा गर्‍यो २१ दिने नेपाल भ्रमण

प्रोटोन ई.एमएएस७ ले आफ्नो क्रस कन्ट्री यात्रा गाडीको अनुकूलता र सहनशीलता वास्तविक परिस्थितिमा परीक्षण गर्न सुरु गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १७:५२

काठमाडौं । जगदम्बा मोटर्स प्रालिले प्रोटोन ‘ई.एमएएस७’ को सातवटै प्रदेश पार गर्दै भएको २१ दिने चुनौतीपूर्ण यात्रा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ ।

यो उपलब्धीले विभिन्न भौगोलिक र मौसमीय परिस्थितिमा गाडीको उत्कृष्ट प्रदर्शन, विश्वसनीयता र कुशलताको प्रमाण दिएको कम्पनीले जनाएको छ । प्रोटोन ई.एमएएस७ अब २१ मार्च (८ चैत) मा औपचारिक रूपमा सार्वजनिक उद्घाटनका लागि तयार छ, जसले नेपालको दिगो यातायातको दिशामा नयाँ युगको सुरुवात गर्ने कम्पनीको भनाइ छ।

प्रोटोन ई.एमएएस७ ले आफ्नो क्रस कन्ट्री यात्रा गाडीको अनुकूलता र सहनशीलता वास्तविक परिस्थितिमा परीक्षण गर्न सुरु गरेको थियो । तराईका समथर फाँटदेखि हिमाली भूबनोटका कठोर बाटा हुँदै यो विद्युतीय सवारीसाधनले विभिन्न भूभागमा आफूलाई सफलतापूर्वक प्रमाणित गरेको जगदम्बाले जनाएको छ । यस यात्राले स्थानीय समुदायलाई गाडीको उन्नत प्रविधि र वातावरणमैत्री विशेषता प्रत्यक्ष अनुभव गर्ने अवसर पनि मिलको थियो ।

‘यो यात्रा प्रोटोन ई.एमएएस७ को क्षमताको प्रमाण हो र नेपाली बजारका लागि यसको तयारी दर्शाउँछ । यो अत्याधुनिक विद्युतीय सवारीसाधनलाई नेपालमा ल्याउन पाउँदा उत्साहित छौं, जसबाट स्थायी, कुशल र किफायती यातायात समाधान प्रदान हुनेछ,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।
औपचारिक सार्वजनिक उद्घाटन कार्यक्रम २१ मार्चमा काठमाडौंमा आयोजना हुनेछ, जहाँ उद्योगका अगुवा, सरकारी अधिकारी र सर्वसाधारणको उपस्थिति रहनेछ । कार्यक्रममा गाडीको मुख्य विशेषता, प्रविधि र प्रोटोनले नेपालको वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने प्रतिबद्धताबारे प्रकाश पारिने छ ।

प्रोटोन ई.एमएएस७ सुरुवातसँगै जगदम्बा मोटर्सले नेपालको मोटर उद्योगमा क्रान्ति ल्याउने लक्ष्य राखेको छ, जसमा प्रदर्शन र आराममा कुनै सम्झौता नगरी वातावरणमैत्री विकल्प प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालको हरित ऊर्जा लक्ष्य समर्थन गर्दै नवप्रवर्तनात्मक विद्युतीय गतिशीलता समाधान मार्फत कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?