+
+
Shares

काठमाडौंका दुई ठाउँमा कुकर पड्कियो, ग्राहक र खाजाघर सञ्चालक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १८:११

७ चैत, काठमाडौं । काठमाडौंका दुई फरक ठाउँमा प्रेसर कुकर पड्किँदा दुई जना घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका–३ तीनपिप्लेमा कुकरको ढकन (बिर्को) पड्किँदा एक पुरुष घाइते भएका हुन् । तीनपिप्लेमा सविन तिवारीले सञ्चालन गरेको उज्वल तथा सम्पन्न खाजाघरमा कुकरको बिर्को पड्किँदा २३ वर्षीय विशाल तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

नुवाकोटको बिदुर नगरपालिका–९ घर भएका उनी उक्त खाजाघरमा खाजा खान आएका थिए । सोही क्रममा बुधबार बिर्को पड्किँदा उनी घाइते भएका हुन् । उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । अहिले उनी डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी काठमाडौं–२७ लक्ष्मीनारायण भवनमा सञ्चालित लक्ष्मिनारायण आर्केड खाजा घरमा कुकर पड्किएको थियो ।

बुधबार दिउँसो कुकर पड्किदाँ खाजा सञ्चालक ३४ वर्षीय ज्ञानबहादुर श्रेष्ठ घाइते भएका हुन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?