+
+
Shares
बलिउड :

आईपीएल ओपनिङमा शाहरुख, प्रियंका र सलमान सहभागी हुने

अरिजित, दिशा, श्रद्धा र वरुणले प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १८:२६

दिल्ली । यसवर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । उद्घाटन समारोह इडेन गार्डेनमा हुनेछ, जहाँ आइपीएलको पहिलो खेल हुनेछ ।

उक्त अवसरमा क्रिकेट जगतका मात्रै नभई बलिउडका पनि ठूला स्टार सहभागी हुने भएका छन् । सो अवसरमा बलिउडका दिग्गज कलाकार शाहरुख खान, प्रियंका चोपडा, सलमान खान सहभागी हुन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यीबाहेक विक्की कौशल, श्रद्धा कपुर, संजय दत्त पनि सहभागी हुने बताइएको छ । हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार शाहरुख आफ्नो टोलीको उद्घाटन खेलमा सहभागी हुनेछन् । सलमान भने आगामी फिल्म ‘सिकन्दर’को प्रचारप्रसारको लागि उपस्थित हुन लागेका हुन् ।

प्रियंका चोपडाले यस समारोहमा के प्रस्तुति दिन लागेकी हुन् भन्नेबारेमा अझै खुलासा गरिएको छैन । उद्घाटन समारोहमा अरिजित सिंह, श्रेया घोषाल, करण औजला, दिशा पटानी, श्रद्धा कपुर र वरुण धवनको उत्कृष्ट प्रस्तुति रहनेछ । पप ब्याण्ड वन रिपब्लिकलाई पनि उद्घाटन समारोहमा प्रस्तुति दिनको लागि सम्पर्क गरिएको छ ।

अतिथिको सूचीमा बलिउडका ठूला नामहरू छन् जसमा कट्रिना कैफ, अनन्या पाण्डे, माधुरी दीक्षित, जान्हवी कपूर, करीना कपूर, पूजा हेगडे, आयुष्मान खुराना र सारा अली खान जस्ता स्टारहरू छन् ।

१८ औं आईपीएल सिजन डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बीचको खेलबाट सुरु हुनेछ । १३ स्थानमा ७४ खेल खेलिने प्रतियोगिताको समापन मे २५ मा ग्रान्ड फिनाले हुँदैछ ।

प्रतियोगितामा चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किंग्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावाद उपाधिका लागि लड्न तयार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?