+
+
Shares

हिमालय टीभीले गर्‍यो एकैसाथ ५ कार्यक्रम घोषणा, दर्जन बढी प्रायोजन सम्झौता

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा टेलिभिजनले सन् २०२५ को क्यालेन्डरमा रहेका प्रोजेक्ट र ब्रान्ड पार्टनरसिपको घोषणा गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १९:२३

७ चैत, काठमाडौं । हिमालय टेलिभिजनले एकैसाथ पाँच रियालिटी शो घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा टेलिभिजनले सन् २०२५ को क्यालेन्डरमा रहेका प्रोजेक्ट र ब्रान्ड पार्टनरसिपको घोषणा गरेको हो ।

कार्यक्रममा द भ्वाइस किड्स सिजन ४, हिमालय रोडिज सिजन ७, शार्क ट्यांक नेपाल सिजन १, नेपाल नेक्स्ट टप मोडल सिजन १ र कमेडी नाइट्स विथ च्याम्पियनको घोषणा गरिएको छ ।

शार्क ट्याङ्क नेपालमा अनुबन्ध भएका शार्कहरूसँगको मिट एण्ड ग्रिट कार्यक्रममा दुई वटा नयाँ रियालिटी शोको घोषणा गर्नुका साथै यसअघि सञ्चालनमा रहेका दुईवटा कार्यक्रमको नयाँ सिजन घोषणा गरियो ।

त्यस अवसरमा घोषणा गरिएका कार्यक्रममा ब्रान्ड पार्टनरसिप समेत घोषणा गरियो । जसअनुसार शार्क ट्यांक नेपालको टाइटल स्पोन्सरका रूपमा ग्लोबल आईएमई बैंक अनुबन्ध भएको छ भने पावर बाई स्पोन्सरमा प्रोटोन ईभी र टीभीएस मोटरसाइकल अनुबन्ध भएका छन् ।

यस्तै स्टडी स्क्वायर र नेपाल लाइफ इन्सुरेन्स असोसिएट स्पोन्सरका रूपमा अनुबन्ध भएका छन् ।

हिमालय रोडिजको सिजन ७ का लागि यामाहा पुनः टाइटल स्पोन्सरका रूपमा अनुबन्धित भएको छ ।

यामाहा सिजन दुईदेखि नै निरन्तर टाइटल स्पोन्सरमा रहँदै आएको छ । यस्तै पेप्सीको उत्पादन ‘माउन्टेन डिउ’ इन एसोसिएसन विथ स्पोन्सरका रूपमा अनुबन्ध भएको छ ।

हिमालय रोडिजको नयाँ सिजनको डिजिटल अडिसन समेत सुरु भएको छ ।

कार्यक्रममा द भ्वाइस किड्स सिजन ४ को टाइटल स्पोन्सरमा वात्सल्य नेचुरल आईभीएफ अनुबन्ध भएको छ । वात्सल्य गत सिजनमा पनि टाइटल स्पोन्सर थियो ।

यसैगरी बहुप्रतीक्षित कार्यक्रम नेपाल नेक्स्ट टप मोडल पनि केही महिनामै प्रसारण सुरु हुने घोषणा गरिएको छ ।

कार्यक्रमको होस्टका रूपमा पूर्व मिस नेपाल अश्मि श्रेष्ठ र जजका रूपमा नायक अनुपविक्रम शाही अनुबन्ध भएका छन् ।

केही सातापछि नै प्रसारण हुन लागेको विशाल भण्डारी निर्देशित ‘कमेडी नाइट्स विथ च्याम्पियन’ का कलाकारहरू समेत सार्वजनिक गरियो ।

सुमन कार्की, सुमन कोइराला, भरतमणि पौडेल, सजत श्रेष्ठ, पवन भट्टराई, प्रभात लामा, सन्तोष थापा लगायतका चर्चित कमेडियनहरू कार्यक्रममा अनुबन्ध भएका छन् ।

कार्यक्रममा कमेडी नाइट्सको डिजिटल अधिकार ओएसआर डिजिटलले सम्झौता गरेको छ ।

यस्तै कार्यक्रममा चार वटा सिरियलको मार्केटिङ अधिकारको समेत सम्झौता भयो । हल्का रमाइलो र बुहारी सिरियलको नयाँ सिजन बिक्रीका लागि मिडिया सेन्सले हस्ताक्षर गरेको छ भने जुठे र सीता सिरियलका लागि एस मिडिया एण्ड मार्केटिङले सम्झौता गरेको छ ।

 

यही २९ मार्चदेखि प्रसारण हुन लागेको नेपाल सुपरलिगको तेस्रो सिजनको प्रसारण समेत हिमालय टेलिभिजनले गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा नेपाल सुपरलिग आयोजक कम्पनी र हिमालय टेलिभिजन बीच सम्झौता भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ६ वर्ष अगाडि हिमालय टेलिभिजन एचडी शुभारम्भ गर्दा गरेका वाचाहरू पूरा गरेको र टेलिभिजन देशको सबैभन्दा धेरै हेरिने टीभीमा स्थापित भएको बताए ।

हिमालय टीभीलाई डिजिटल मिडिया पावरहाउस बनाउने अभियानमा रहेको भन्दै उनले जुनसुकै माध्यमबाट पनि टीभी कन्टेन्ट हेर्न सकिने बनाएको उनले बताए ।

हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले उत्कृष्ट प्रविधि र कन्टेन्ट दिने प्रतिबद्धतालाई आत्मसात् गर्दै अझ उन्नत प्रविधिमा विश्वस्तरीय कन्टेन्ट दिने बताए ।

झन्डै ६ करोड नेपालीभाषी दर्शकमाझ पुग्ने गरी डिजिटल प्लेटफर्म मार्फत कन्टेन्ट वितरण थालिएको उनले बताए ।

बुधबारको कार्यक्रम हिमालय टेलिभिजनका लागि मात्र नभएर सम्पूर्ण मिडिया उद्योगका लागि उत्साहजनक रहेको नेपाल विज्ञापन एजेन्सी संघका अध्यक्ष सुदीप थापा बताउँछन् ।

‘यसले सम्पूर्ण विज्ञापन उद्योगका लागि आत्मविश्वास बढाएको छ,’ थापाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?