+

ललितपुर सिटी एफसीको जर्सी सार्वजनिक

२०८१ चैत  ७ गते २१:४२ २०८१ चैत ७ गते २१:४२
ललितपुर सिटी एफसीको जर्सी सार्वजनिक

७ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।

बिहीबार आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गरे ।

क्लबको दुई जर्सी सार्वजनिक गरिएको छ । एउटा रातो/कालो छ भने अर्को सेतो/रातो छ । जर्सीमा हाकुपटासीको पनि प्रयोग भएको छ ।

जर्सी अनावरण कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आजको दिन आफ्नो लागि खुशीको दिन रहेको बताए । उनले दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेको भन्दै यस पटक पनि उपाधि जित्न शुभकामना दिए ।

‘दोस्रो संस्करणमा ललितपुरले उपाधि जित्यो । हामील नेवारी भोज दिएका थियौँ । यस पटक पनि मैले त्यो अवसर पाउँछु भन्ने आशा छ’ उनले भने ।

यस्तै उनले महानगरले फुटबल क्लबहरुलाई नगद सहित सम्मान गर्दै आएको जानकारी दिँदै ललितपुर सिटीले फेरि एनएसएल जितेमा यस पटक अझ ठूलो सम्मान गर्ने पनि बाचा गरे ।

ललितपुर सिटी एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय