
७ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा एक जना शिशुको शव भेटिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, बिहीबार साँझ ५ बजेतिर बलम्बु मावि पछाडिको बलम्बु खोला किनारमा शव भेटिएको हो ।
प्रहरीका अनुसार, हिलोमा लत्पतिएर वेवारिसे अवस्थामा शव देखेको खबर आएपछि प्रहरी प्रभाग, बलम्बुबाट टोली खटिएको थियो ।
हालसम्म शवको पहिचान खुलेको छैन भने घटनाबारे खबर आएलगत्तै प्रहरी वृत्त, थानकोटबाट समेत सोको अफिसरहरुको टोली लगेर जाँच गराइएको भनिएको छ ।
प्रारम्भिक जाँचपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको एसपी बोहोराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4