+
+
Shares

खेलकुदले दिमाग र मानसिकता ताजा बनाउँछ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते २१:४८

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको खेलकुद विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

‘खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्त्वपूर्ण छ । यसलाई हाम्रो पार्टीले अझ अगाडि बढाउनेछ । स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्दछ । त्यसैले स्वस्थ शरीर आवश्यक छ,’ देउवाले भने ।

खेलकुद क्षेत्रलाई कांग्रेसले अझै अघि बढाउनुपर्ने बताउँदै उनले खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्त्वपूर्ण रहेको बताए ।

‘स्वस्थ रहनका लागि खेलकुदको आवश्यक छ । खेलकुदले स्वस्थ राख्नुका साथै दिमाग र मानसिकता ताजा बनाइरहन्छ । यस्ता कार्यक्रमले खेलाडीहरूको मनोबल बढाउँछ, खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनेछ,’ देउवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?