+
+
Shares

आईओएमको सहायक डिनमा डा.सन्तकुमार दास

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते २२:१०

७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डिनमा सहप्राध्यापक डा. सन्तकुमार दास नियुक्त भएका छन् ।

बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुनेगरी डा. दासलाई सहायक नियुुत गर्ने निर्णय गरेको हो ।

डा.दास छाती रोग विशेषज्ञ हुन् । उनी यसअघि त्रिवि शिक्षण अस्पतालको सहायक निर्देशक समेत भएका थिए ।

कार्यकारी परिषद् समक्ष डा दाससँगै डा. खेमबहादुर कार्की र डा पलेस्वाँ जोशी लाखे सिफारिस भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?