+

नेसन्स लिग फुटबल : इटालीमाथि जर्मनीको पुनरागमन जित

२०८१ चैत  ८ गते ७:१७ २०८१ चैत ८ गते ७:१७
नेसन्स लिग फुटबल : इटालीमाथि जर्मनीको पुनरागमन जित

८ चैत, काठमाडौं । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत क्‍वाटरफाइनलको पहिलो लेगमा जर्मनीले इटालीलाई पराजित गरेको छ ।

जर्मनीले इटालीमाथि उसैको मैदानमा २-१ को पुनरागमन जित निकालेको हो । पहिलो हाफमा १-० ले पछि परेको जर्मनीले दोस्रो हाफमा दुई गोल फर्काएको थियो ।

जर्मनीको जितमा टिम क्लेनडेन्स र लियोन गोरेट्जकाले १-१ गोल गरे । त्यसअघि इटालीका सान्द्रो टोनालीले १ गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा नै टोनालीको गोलमार्फत अग्रता लिएको इटालीले पहिलो हाफमा १-० को अग्रता बनाएपनि दोस्रो हाफमा जोगाउन सकेन ।

दोस्रो हाफको ४९औं मिनेटमा क्लेनडेन्स र ७६औं मिनेटमा गोरेट्जकाले गोल गर्दै टोलीको जित पक्का गरे ।

अब दोस्रो लेगको खेल आउँदो सोमबार हुनेछ ।

नेसन्स लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय