
८ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
आज नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो २२ रुपैयाँ तोकिएको छ । यसैगरी भारतीय ठूलो गोलभेँडा प्रतिकिलो रु ५०, तराईको सानो गोलभेँडा प्रतिकिलो रु २२ र रुख टमाटर प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।
आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५ तोकिएको छ ।
बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २० र रातो बन्दा प्रतिकिलो रु ६० तोकिएको छ ।
काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २५ र ब्रोकाउली प्रतिकिलो रु ४० निर्धारण गरिएको छ ।
रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, गान्टे मूला प्रतिकिलो रु ५० र चुकुन्दर प्रतिकिलो रु ६० तोकिएको छ ।
भन्टा लाम्चो प्रतिकिलो रु ४५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५० र तने बोडी प्रतिकिलो रु २०० कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७० निर्धारण गरिएको छ ।
तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु १५० निर्धारण गरिएको छ ।
घिरौला प्रतिकिलो रु ५०, पाकेको फर्सी प्रतिकिलो रु ५०, लाम्चो हरियो फर्सी प्रतिकिलो रु २०, डल्लो हरियो फर्सी प्रतिकिलो रु २० तथा भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७०, तरुल प्रतिकिलो रु ९०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४० तोकिएको छ ।
रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, सौफको साग प्रतिकिलो रु ८० र जिरीको साग प्रतिकिलो रु ६० तोकिएको छ ।
प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ३० र बरेला प्रतिकिलो रु ४५ तोकिएको छ ।
कन्य च्याउ प्रतिकिलो रु १५०, डल्ले च्याउ प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।
कुरिलोको मूल्य प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।
यसैगरी कागती प्रतिकिलो रु २७० र निबुवा प्रतिकिलो रु ५० तोकिएको छ ।
सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकेजी रु १५०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।
यसैगरी, सुकेको खुर्सानी प्रतिकिलो रु ३२५, हरियो खुर्सानी प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७० र भेडे खुर्सानी प्रतिकिलो रु ११० तोकिएको छ ।
अदुवा प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८० र सुकेको नेपाली लसुन प्रतिकिलो रु २३० तोकिएको छ ।
हरियो धनिया प्रतिकिलो रु ६०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७० निर्धारण गरिएको छ ।
लोकल काँक्रो प्रतिकिलो रु ५० र हाइब्रिड काँक्रो प्रतिकिलो रु २५ तोकिएको छ ।
यसगरी ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४० निर्धारण गरिएको छ ।
यस्तो छ फलफूलको मूल्य
समितिले झोले स्याउको मूल्य प्रतिकिलो रु २५० र फूजी स्याउ प्रतिकिलो रु ३५० तोकेको छ ।
केरा (दर्जन) रु १५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २०० र अङ्गुर (कालो) प्रतिकिलो रु २५० तोकिएको छ ।
भारतीय सुन्तला प्रतिकिलो रु १३०, मौसम प्रतिकिलो रु २०० र जुनार प्रतिकिलो रु १५० तोकिएको छ ।
नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, नेपाली मेवा प्रतिकिलो रु ५०, भारतीय मेवा प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, खरबुजा प्रतिकिलो रु ४५, स्ट्रबेरी (भुइँऐसेलु) रु २००, किबी प्रतिकिलो रु ४०० र अमला प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।
प्रतिक्रिया 4