+

नेसन्स लिग फुटबल : क्रोएसियासँग फ्रान्स पराजित

२०८१ चैत  ८ गते ७:४२ २०८१ चैत ८ गते ७:४२
नेसन्स लिग फुटबल : क्रोएसियासँग फ्रान्स पराजित

८ चैत, काठमाडौं । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा क्रोएसियाले फ्रान्समाथि जित निकालेको छ । क्‍वाटरफाइनलको पहिलो लेगमा क्रोएसियाले २-० को जित निकालेको हो ।

घरेलु मैदानमा क्रोएसियाको जितमा आन्टे बुडिमिर र इभान पेरिसिचले १-१ गोल गरे । दुवै गोल पहिलो हाफमा भएका थिए ।

खेलको २६औं मिनेटमा बुडिमिरको गोलमार्फत क्रोएसियाले खेलमा अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा पेरिसिचले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसपछि थप गोल नहुँदा क्रोएसियाले पहिलो लेगमा २ गोलको अग्रता बनायो । अब दोस्रो लेगको खेल आउँदो सोमबार हुनेछ ।

नेसन्स लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय