+
फिफा विश्वकप छनोट :

भिनिसियसको गोलमा ब्राजिलको रोमाञ्चक जित

२०८१ चैत  ८ गते ९:५२ २०८१ चैत ८ गते ९:५२
भिनिसियसको गोलमा ब्राजिलको रोमाञ्चक जित

८ चैत, काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोट खेलमा कोलम्बियामाथि रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार विहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २-१ गोलअन्तरले हराएको हो । १-० को अग्रता पहिलो हाफमै गुमाएको ब्राजिलले दोस्रो हाफको अन्तिम समयमा विजयी गोल गरेको थियो ।

ब्राजिलको जितमा राफिन्हा र भिनिसियस जुनियरले १-१ गोल गरे । त्यसअघि कोलम्बियाका लागि लुइस डियाजले १ गोल गरे ।

राफिन्हाले छैटौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । ४१औं मिनेटमा डियाजले कोलम्बियाका लागि बराबरी गोल फर्काए ।

खेल सकिनै लाग्दा इन्ज्युरी समयको नवौं मिनेटमा भिनिसियसले राफिन्हाकै पासमा गोल गर्दै ब्राजिललाई महत्वपूर्ण जित दिलाए ।

यस जितपछि ब्राजिल १३ खेलमा २१ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोलम्बिया समान खेलमा १९ अंकका साथ छैटौं स्थानमा छ ।

शुक्रवारै भएका अन्य खेलमा पाराग्वेले चिलीलाई १-० ले तथा पेरुले बोलिभियालाई ३-१ ले हरायो ।

फिफा विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय