+
+
Shares

राष्ट्रिय सभाको बैठक बस्दै, अड्किएका विधेयक अघि बढाइँदै

बुधबार नै दुवै विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो । तर, तीन महले नभएका कारणले अगाडि बढ्न सकेको थिएन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १०:०१

८ चैत, काठमाडौँ । राष्ट्रिय सभाको बैठक बस्दैछ । बिहान सवा ११ बजे बस्ने बैठकमा यसअघिको बैठकमा अड्किएका विधेयक अघि बढाउँदैछ ।

यसअघि गत बुधबार दुई वटा बैठक तीन महले नभएका कारणले रोकिएको थियो ।

‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको छ । यससम्बन्धी सन्देश गत बुधबार राष्ट्रिय सभामा टेबुल भएको छ ।

बुधबार नै दुवै विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो । तर, तीन महले नभएका कारणले अगाडि बढ्न सकेको थिएन ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालका अनुसार राष्ट्रिय सभा नियमावलीमा विधेयकमा तीन महले हुनुपर्ने प्रावधान छ । यो प्रावधान अनुसार प्रस्तावित विधेयकमा तीन महले नआएको भनेर सांसदहरूले प्रश्न उठाएपछि दुवै विधेयक अगाडि बढ्न सकेका थिएनन् ।

शुक्रबारसम्म दुवै विधेयकको तिन महले प्राप्त भएर सांसदहरूलाई वितरण गरिसकिएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ ।

अब शुक्रबार दुवै विधेयकमाथि राष्ट्रिय सभामा छलफल अगाडि बढ्नेछ ।

यसका अलावा राष्ट्रिय सभामा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्री प्रदीप यादवले उत्तर दिने कार्यक्रम छ ।

सांसद मदन कुमारी शाह (गरिमा) ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?