+

शाहबको पाँच विकेटमा गण्डकी सामान्य योगफलमा रोकियो

२०८१ चैत  ८ गते ११:१७ २०८१ चैत ८ गते ११:१७
शाहबको पाँच विकेटमा गण्डकी सामान्य योगफलमा रोकियो

८ चैत, काठमाडौं । शाहब आलमले पाँच विकेट लिएपछि गण्डकी प्रदेश प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध सामान्य योगफलमा रोकिएको छ ।

देउखुरीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले ३०.३ ओभरमा अलआउट हुँदै ११६ रन बनाएको छ । अर्जुन कुमालले ३३ रन बनाए । दीपक डुम्रेले १९ तथा कमल परियारले १७ र कप्तान बिपिन खत्रीले १५ रन बनाए ।

आर्मीका शाहबले १० ओभरमा ४२ रन दिएर ५ विकेट लिए । कुशल मल्ल र नरेन साउदले २-२ विकेट लिए ।

आर्मीले ६ खेल खेल्दा ५ खेल जितेको छ । गण्डकी भने २ जित मात्र निकाल्दै फाइनल होडबाट बाहिरिसकेको छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय