+
+
Shares

सिराहाका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते ११:५२

८ चैत, काठमाडौं । सिराहा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । दाहाललाई मन्त्रालय तानेर उनको स्थानमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी दाहाललाई मन्त्रालय तानिएको हो । उक्त विषयलाई लिएर हिजो प्रतिनिधि सभा बैठकमा सांसदहरुले सरकारको आलोचना गरेका थिए ।

मन्त्री लेखकले महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न प्रहरीलाई निर्देशन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?