
८ चैत, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । आज छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ७५ हजार रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार भने १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको भाउमा पनि गिरावट आएको छ । बिहीबार २ हजार ३० रुपैयाँ तोलामा कारोबार भएको चाँदी शुक्रबार ३५ रुपैयाँ घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4