+
+
Shares

कालीमाटीमा थरीथरीका माछा, कति छ मूल्य ?

कालीमाटी बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ । यी माछाको थोक (होलसेल) मूल्य किलोको २ सय ५० देखि ३ सय १०  रुपैयाँसम्म तोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १२:३८

८ चैत, काठमाडौं । अहिले माछा मन नपराउने मान्छे कमै होलान् । निकै स्वादिलो मानेर खाइने माछाका अनेक परिकार बनाउन सकिन्छ । माछालाई तारेर, उसिनेर, झोल हालेर, साँधेर पनि बनाउन सकिन्छ ।

बजारमा माछा पनि थरीथरीका पाइन्छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् ।

कालीमाटी बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ । यी माछाको थोक (होलसेल) मूल्य किलोको २ सय ५० देखि ३ सय १०  रुपैयाँसम्म तोकिएको छ ।

कालीमाटी बजारमा रहु माछाको मूल्य किलोको ३ सय १० रुपैयाँ तोकिएको छ । यस्तै, बचुवा माछाको मूल्य २ सय ५० र छडी जातिका माछा २ सय २० रुपैयाँमा किनबेच भइरहेको समितिको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?